हिमालयन रिले उच्च व्यवस्थापनमा ३ जना विदेशी ल्याउँदै, श्रम स्वीकृति माग्दै समितिमा पत्राचार

  २०७८ साउन ८ गते १९:०१     विकासन्युज

हिमालयन रिको संचालक समिति

काठमाडौं । संचालनमा आउन लागेको हिमालयन रिइन्स्यारेन्स कम्पनीले उच्च व्यवस्थापनको ३ जना विदेशी नागरिक ल्याउन लागेको छ । कम्पनीले ल्याउन लागेको ३ जना उच्च व्यवस्थापनका अधिकारीको श्रम स्वीकृति बीमा समितिमा पत्राचार गरेको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आर चन्द्रशेखरनलाई ल्याउन खोजेको छ । चन्द्रसेखरन भारतको ख्यातिप्राप्त कम्पनी जनरल इन्स्योरेन्स कर्पाेरेसन (जीआईसी) र ओमानको पुनर्बीमा कम्पनी ओमान रिमा पनि काम गरिसकेका व्यक्ति हुन् । बीमा बजारमा उनको ४५ वर्षभन्दा लामो अवधिको अनुभव रहेको बताइएको छ ।

यस्तै, हिमालयन रिले डेपुटी सीईओमा मुकेश कुमार कपुरलाई ल्याउन खोजेको छ । कपुर ओरेन्टल इन्स्योरेन्स कम्पनीको पुनर्बीमा विभागमा काम गरेर अवकाश पाएका व्यक्ति हुन् । कपुरले नेपालमा रहेको ओरेन्टल इन्स्यारेन्स कम्पनी करिब ८ वर्ष काम गरेका थिए ।

कम्पनीले सुचना प्रविधि विज्ञ पनि विदेशी नागरिक ल्याउन लागेको छ । एलआईसी इन्डिया कम्पनीको आईटी विभागमा लामो समय काम गरेका मनिष कुमारलाई हिमालयन रिइन्स्यारेन्स कम्पनीले ल्याउन खोजेको छ ।

यी तीनै जना भारतीय नागरिक हुन् । कम्पनीको उच्च व्यवस्थापनको नेतृत्व दिनको लागि हिमालयन रिले बीमा समितिमा श्रम स्वीकृतिको लागि पत्र पठाएको समिति स्रोतले जानकारी दियो ।

‘हिमालयन रिले सीईओ सहित उच्च व्यवस्थापन तहमा रहने ३ जनाको श्रम स्वीकृतिको लागि हामीलाई पत्र पठाएको छ, हामीले तीन जनाकै नाम उल्लेख गरेर अर्थमन्त्रालय पठाएका छौं, अर्थले श्रम मन्त्रालयमा पत्र पठाएपछि स्वीकृति पाउने नपाउने यकिन हुन्छ,’ समिति स्रोतले भन्यो ।

सम्बन्धित समाचार

हिमालयन रिले असारभित्रै कारोबार सुरु गर्ने, विदेशी सीईओ खोजिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X