ग्लोबल कलेजले शुरु गर्यो करियर प्लेसमेन्ट प्रोग्राम, विद्यार्थीलाई इन्टर्न लगायत विभिन्न तालिम दिने

  २०७८ साउन ८ गते १८:२६     विकासन्युज

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले विद्यार्थीलाई इन्टर्न लगायत व्यक्तित्व विकासका तालिम दिन करियर प्लेसमेन्ट प्रोग्रामको उद्घाटन गरेको छ । व्यवस्थापन संकायमा छुट्टै पहिचान बनाएको कलेजले विभिन्नि प्रकारका व्यवस्थापकीय तथा प्रशासनिक सेवा गर्ने निश्चितता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको उद्घाटन गरेको हो ।

कार्यक्रममा विद्यार्थीको इन्टर्नशिप तथा व्यक्तित्व विकाश सम्बन्धी तालिमहरु जब प्लेसमेन्ट सबै कामलाई निरन्तरता दिन र समय सापेक्ष तथा प्रभावकारी रुपमा संचालन गर्न सेन्टर फर प्रोफेसनल डेभलपमेन्टको स्थापनाको घोषणा पनि गरिएको थियो ।

सो कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सिपल डा. करन सिंह ठगुन्नाले गरेका थिए भने सेन्टर फर प्रोफेसनलका निर्देशक डा. अक्षय अरोराले राष्ट्रिय अन्र्तराष्ट्रिय संस्थाहरु जस संग यस कलेजले संस्थागत सम्बन्ध स्थापना गरिसकेको कुरालाई प्रष्टाए ।

यस कलेजको विशेष ट्रेनिङ्ग पार्टनरको रुपमा रहेको संस्था बीआईएफआईएनका कार्यकारी निर्देशक डा. बिनोद आत्रेयले बीआईएफआईएन र ग्लोबल कलेजको सम्बन्धको बारेमा प्रकाश पार्दै उक्त सम्बधले यस कलेजका विद्यार्थीहरुलाई सिपमुलक तालिमहरुका साथै जब प्लेसमेन्टमा ठूलो भुमिका खेल्दै आएको र भविष्यमा पनि खेल्ने कुराको जानकारी गराए ।

यस कलेजका प्रिन्सिपल ठगुन्नाले यस कलेजले गुणस्तर शिक्षा दिनको लागि सुरुवात देखिनै आफ्नो गुणस्तरियलाई कायम गदै शिक्षा मात्र होइन कि उनीहरुलाई रोजगारीको पनि सुनिश्चिता गर्ने कुराको जानकारी गराए ।

करिब ३०० सहभागी रहेको उक्त कार्यक्रमा पुर्व विद्यार्थीहरुले यस कलेजमा अध्यनरत हुँदा आफुले पाएको ज्ञान र सिपले आफ्नो उज्जल भविष्य प्राप्त गर्न महत्वपुर्ण भुमिका खेलेको कुरा जानकारी गराएका थिए । साथै, सो कार्यक्रमलाई कलेजका निर्देशक डा. देवराज पनेरुले संचालन गरेका थिए ।

काठमाडौंको वानेश्वरस्थित यो कलेजले हाल व्यवस्थापन संकायमा एमबिए, बीबीए, बिएचएम, बिटिटिएम र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ए.लेभलका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जहाँ अध्ययनरत करिब १००० (एक हजार) विद्यार्थीहरुको शैक्षिक गुणस्तर कायम राख्न विद्यार्थीहरुको पेशागत सिकाईलाई सुनिश्चित गर्नको लागी ग्लोबल कलेज इन्टरनेशनलले अनेकौ अनुसन्धानात्मक कार्यक्रमहरु का साथै रोजगारमुखी तालिम संचालन गर्दै आएको छ ।

यस सँगसँगै विद्यार्थीहरुलाई रोजगारमुखी सिपहरु प्रादन गर्ने क्रममा विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रोजगारी दिने संस्थाहरु बैकिङ्क, फाइन्नाइन्स, उद्योग तथा अन्र्तराष्ट्रिय स्तरमा स्थापित विश्वविद्यालयहरु तथा दक्ष जनशक्ति तयार पार्ने पेशागत संस्थाहरुसँग संस्थागत सम्बन्ध स्थिापित गरी विद्यार्थीहरुको दक्षता अनुसार इन्टर्नशिपका साथै विभिन्नि प्रकारका व्यवस्थापकिय तथा प्रशासनिक सेवा गर्ने निश्चितता प्रदान गर्ने कलेजको उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.