एक वर्षमा ३७ अर्ब बढीको मोबाइल फोन आयात

  २०७८ साउन ८ गते १८:०१     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा ३७ अर्ब बढीको मोबाइल फोन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांक अनुसार एक वर्षको अवधिमा ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ बराबरका मोबाइल फोन भित्रिएका हुन ।

अघिल्लो आर्थिक वर्षमा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँ बराबरका मोबाइल फोन भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष १०३ प्रतिशतले मोबाइल फोनको आयात भएको हो ।

कोरोना महामारीका कारण सरकारले अनलाईन माध्यमलाई उच्च प्राथमिकतामा राख्दा मोबाइल फोनको आयातमा बृद्धि भएको हो । २०७६ को चैतदेखि हालसम्म सरकारले स्कुल तथा कलेजमा भौतिक उपस्थितिमा हुने अध्ययनलाई बन्द गरेर अनलाईन माध्यमबाट पठनपाठन गर्न निर्देशन दिएको छ ।

भौतिक उपस्थितिमा अध्ययन बन्द भएपछि विद्यालय तथा विद्यार्थीले विकल्पको रुपमा अनलाईन माध्यमलाई प्राथमिकता दिदा फोनको आयातमा उच्च रुपमा बृद्धि भएको हो ।

यस्तै गत आवमा ७ अर्ब ७७ करोड बढीको ल्यापटप तथा नोटबुकको आयात भएको छ । अघिल्लो वर्ष १६ करोड ४७ लाख ४१ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुकको आयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.