प्रोगेशिभ फाइनान्सको थप २ शाखा कार्यालय विस्तार

  २०७८ साउन ८ गते १५:४२     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर र बागमति प्रदेशको पाँचखालमा शाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीले जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुरुवात गरेको हो ।

वित्तीय संस्थाको शाखा कार्यालयहरु थप भएपछि १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुने जनाईएको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीकाबीच स्थापना गरिएको जनकपुर तथा पाँचखालका नयाँ शाखाले नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाका स्थानीयलाई वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित भएर डीजीटल बैकिङ तथा रेमिटान्स सेवा दिदैँ आएको कम्पनीले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप ३ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.