एनएमबिका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने, हप्ताको दुई दिन मात्रै

  २०७८ साउन ८ गते १५:३४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट समान खरीद गर्दा सो मात्रा अर्थात ३०० रुपैयाँसम्मको छुट पाउने भएका हुन् ।

सो सम्बन्धी बैंक तथा बिगमार्टबीच सम्झौता भएको छ । यससँगै ग्राहक तथा कर्मचारीले बुधवार र शनिवार बिगमार्टबाट फलफूल तथा तरकारी समान खरीद गर्दा उक्त छुट पाउने छन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी यसमा ईमेल गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.