जिएमई रेमिट र जीसीसी एक्स्चेञ्जबीच विप्रेषण सम्झौता

  २०७८ साउन ८ गते ११:२१     विकासन्युज

काठमाडौं । विदेशस्थित रेमिटान्स कम्पनी जीसीसी एक्स्चेञ्ज र जिएमई रेमिटबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जीसीसी एक्स्चेञ्जको तर्फबाट संचालक यश राजेशले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यससँगै अब युएईमा रहेको जीसीसी एक्स्चेञ्जको ५ ओटा शाखाहरुका साथै बेलायत, यूरोप र अन्य देशहरुमा रहेका नेपालीले जीसीसी एक्स्चेञ्जको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउन सकिनेछ ।

नेपालमा जिएमइ रेमिटसँग आबद्ध १५ हजार भन्दा बढी एजेन्टहरुबाट जीसीसी एक्स्चेञ्ज मार्फत पठाएको रकम सजिलै भुक्तानी लिन सकिने र सहि समयमा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले व्यवस्था रहेकोछ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ ।

जिएमइ रेमिटले आफ्ना ग्राहकलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.