युरोपमा बनेको सि.जी. ब्राण्डका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

  २०७८ साउन ७ गते १३:३१     विकासन्युज

काठमाडाैं । सि.जीले हालै युरोपमा डिजाईन र उत्पादन गरीएकाे वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ ।

युरोपमा उत्पादन भएका कारण यी सामाग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि रहेका कम्पनीले जनाएकाे छ ।

यस वासिङ मेसिनको डिजिटल ड्राईभ मोटर रहेको छ जसले तपाईंको घरको बिजुलीको बचत गराउँदछ । यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ जसले तपाईंको लुगालाई हेरचाह गरी सफासँग धुने र लुगाको आयु पनि बढाउँदछ । यसमा एलर्जी सेफ नामक प्रोग्राम पनि राखिएको छ जसले कपडामा रहेको विभिन्न किसिमका एलर्जेन्सहरुलाई हटाई कपडालाई स्वच्छ राख्दछ ।

तेस्तै यसमा इकोलोजी सिस्टम पनि रहेको छ । यो सिस्टमले गर्दा तपाईले मेसिन कम लोडमा चलाउँदा पनि विजुली तथा पानी कम खाने गर्दछ । यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरु राखिएको हुनाले आफ्नो इच्छा अनुसार कुनै पनि प्रोग्राम प्रयोग गर्न सकिन्छ ।

यो वासिङ मेसिनले कपडा धोई सकेपछि आफै भित्र नै लुगा सुकाई दिने भएकोले यो मनसुन मौसमा एकदम नै उपयोगी हुनेछ । कम्पनीले यसको खरिदमा १० वर्षको मोटर वारेण्टी समेत प्रदान गरेको छ ।

तेस्तै अर्को युरोपमा डिजाईन र उत्पादन गरिएका डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध रहेकाे छ । तपाईंले आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सक्नेछन् । यसमा डिस्प्ले स्किृन तथा टच स्किृन भएका हुनाले तपाईंलाई यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीले जनाएकाे छ ।

यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई तपाईले आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरुलाई सफा गर्न सक्नुहुनेछ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले तपाईंले कट–कटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरी सफा राख्दछ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ जसले धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

वि.एल.डि.सि. टेक्नोलोजि वा हाईड्रो पावर पनि यसको विशेषता रहेको छ जसको मद्दतले तपाईंको घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डिउल प्रो वासको मद्दतले तपाईको भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै अर्को जेट वास विशेषता रहेको छ ।

यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने तपाईले डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरी भाँडा धुन सक्नुहुनेछ ।

उक्त डिसवासरकाे १५ प्लेस सेटिङमा ३ वर्षको मोटर वारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टीकाे व्यवस्था रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.