भाडा समायोजन र कोरोनाको खोप माग्दै यातायात व्यवसायी आन्दोलित

  २०७८ साउन ७ गते १०:२५     विकासन्युज

काठमाडौं । कोरोना विरुद्धको खोप र यातायातको भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । सरकारले भाडा समायोजन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित बनेका हुन ।

उनीहरुको विभिन्न ७ बुदे माग राख्दै बिहीबार बिहानै आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित ¥याली निकालेका छन् ।

खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानून लागु र यातायातको कागज पत्र नवीकरण र जरिवाना छुटको माग राख्दै आन्दोलित भएका हुन् ।

व्यवसायीहरुले बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको उक्त ¥यालीले रिङरोड परिक्रमा गर्दै एकान्तकुनास्थीत यातायात कार्यालय घेराउ गर्ने बताएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा उनीहरु बिहानै देखि सवारी सहित सडकमा निस्किएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.