अब निगमका डिलर तथा पार्टनरले कनेक्ट आइपिएसबाटै भुक्तानी गर्न सक्ने

  २०७८ साउन ७ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ ।

यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपिएस (वेब , मोबाईल एप तथा गेटवे), कर्पोरेट्पे तथा बैंक वित्तिय संस्थाहरुको शाखा मार्फत् निगमलाई अनलाईन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै यस मार्फत निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भइसकेकाे छ ।

विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ र यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसिएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएकाे छ ।

यससँगै निगमले एनसिएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत् गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको जनाएकाे छ ।

नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगम, देशमा पेट्रोलियमजन्य पदार्थ आयात गर्ने, भण्डारण गर्ने तथा वितरण गर्ने एक मात्र निकाय हो ।

सन् १९७० मा स्थापना गरिएको निगमले झण्डै एक वर्ष लामो प्रयास पछि एसएपीको सफल कार्यान्वयन गरेको हो र यस कदमले निगमको व्यवस्थापन तथा प्रशासनमा नयाँ आयम ल्याउने विश्वास गरिएको कम्पनीले जनाएकाे छ ।

डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?

१) डिलरले आफ्नो बैंक/वित्तिय संस्थालाई भुक्तानी आदेश सँगै आफ्नो कस्टमर आइडी र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।

२) बैंक/ वित्तिय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएकोे प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्

३) यसरी शाखाबाट १० लाखसम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार १ करोडसम्म तथा नन् रियल–टाइममा २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

४) त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न http://www.connectips.com,यसको मोबाईल एप, ‘कर्पाेरेट पे’तथा डिलरको पोर्टलमा जोडिएको कनेक्टआइपिएस(गेटवे) मार्फत पनि अन्लाईन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.