नाइट्रोजन भनेर अक्सिजन पठाउँदा करोडौंका कुरकुरेमा क्षति, उद्योगलाई कारवाही गर्न माग (भिडियोसहित)

  २०७८ साउन ६ गते १८:२९     विकासन्युज

काठमाडौं । ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस पठाउँदा उद्योगीलाई करोडौंको क्षति भएको बताइएको छ । सोपान फर्मास्यूटिकलले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस पठाउँदा उत्पादित करोडौंका खाद्यवस्तु बिगारेको खुलेको हो ।

उद्योगले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै सो ग्याँस उद्योगमाथि तत्काल छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेको हो ।
उद्योगी कमल सिंहले सोपानले आफूहरुमाथि ठगि गरेको तथा जनताको स्वास्थ्यमाथि खेलवाड गरेको उल्लेख गर्दै छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।

उनले मानव जीवनको स्वास्थ्य माथि खेलवाड गर्ने कम्पनीलाई कारबाही नभएर आमरण अनसन बस्ने चेतावनी समेत दिए । दोषीमाथि कारवाही गर्न आफूहरुले सम्बन्धित निकायमा उजूरी दिएपनि सुनुवाई नभएको उनको गुनासो छ ।

‘जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा उजूरी पर्दा सरकारी निकायले तत्काल सुनुवाई गर्नु पर्दथ्यो, छानबिन गरी दोषी कम्पनीमाथि कारबाही हुनुपर्दथ्यो, तर यस्तो संवेदनशिल विषयमा कुनै पनि सरकारी निकायले चासो दिएको छैन, यो मेरो मात्रै समस्या होइन, उद्योगी सिंहले भने, ‘सो ग्याँस कम्पनीमाथि तत्काल छानबिन गरी कारबाही गर्नुप¥यो ।’

जनताको स्वास्थ्य माथि नै खेलबाड गर्ने यस्ता कम्पनीमाथि छानबिन गरी कारबाही नभए आमरण अनसन बस्ने चेतावनी समेत दिएका छन् । उद्योगी सिंहका अनुसार आलु चिप्स बिग्रन नदिन नाईट्रोजन ग्याँस राखेर प्याकिङ गरिन्छ । तर, सो कम्पनीले नाईट्रोजन भनेर अक्सिजन ग्याँस दिएकाले आफूले करोडौंको क्षति व्यहोर्नु परेको दाबी गरे ।

कम्पनीले आपूmलाई दिएको ग्याँस सिलिण्डरमै अक्सिजन ग्याँस सानो अक्षरमा लेखेकाले पनि सो ग्यास नाईट्रोजन नभई अक्सिजन भएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागमा समेत गएर सोध्दा सो ग्याँस अक्सिजन नै भएको पुष्टि भएको दाबी गरे ।

नाईट्रोजनको बिल दिएर अक्सिजन ग्याँस दिँदा आफूहरुको आलु चिप्स ओसिएर करोडौं मूल्य नोक्सान भयो, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौैल विभाग गएर सोध्दा समेत सो ग्यास अक्सिजन भएको पुष्टि हुन्छ, त्यस सम्बन्धमा उजूरी गर्न जाँदा महानगरीय प्रहरी परिसरले सुनुवाई नै गरेन,’ उनले भने ।

ग्याँस कम्पनी सोपानले पठाएको सिलिण्डरमा सानो अक्षरमा अक्सिजन लेखिएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूहरुसँग प्रमाणको लागि सो सिलिण्डर सुरक्षित रहेको स्पष्ट पारे । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत महानगरीय प्रहरी परिसरलाई अनुसन्धानका लागि पत्राचार गर्दा पनि सुनुवाई नभएको उद्योगको गुनासो छ ।

भिडियाे हेर्न यहाँ थिच्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.