२६ प्रतिशतले बढ्यो बीमा बजार, ११ हजारले पाए रोजगारी

  २०७८ साउन ५ गते १७:२१     विकासन्युज

काठमाडौं । नेपालको बीमा बजार एक वर्षमा २६.१८ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बीमा बजार सो मात्राले बढेको हो ।

समितिले दिएको तथ्याङ्क अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले गत असार मसान्तसम्ममा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीले १ अर्ब २० अर्ब ९५ करोड र निर्जीवन बीमा कम्पनीले ३१ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २७.१२ प्रतिशत र २२.७४ प्रतिशतले वृद्धि हो ।

कुल ग्राहास्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) ३.५८ प्रतिशत रहेको छ । त्यस्तै, जनसंख्याको आधारमा बीमाको पहुँच (बैदेशिक रोजगार बीमा समेत) २७ प्रतिशत र बैदेशिक रोजगार बीमा बाहेक २४.७६ प्रतिशत रहेको समितिले जनाएको छ ।

हाल बीमा क्षेत्रमा कूल १० हजार ७५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै, बीमा सर्भेयर करिब ४०० जना र बीमा अभिकर्ता करिब साढे २ लाख रहेका छन् ।

नेपालमा हाल ४१ वटा कम्पनीले बीमा व्यवसाय गरिरहेका छन् । जसमा १९ वटा जीवन, २० वटा निर्जीवन र २ वटा पुनर्बीमा कम्पनी रहेका छन् । जसमध्ये जीवन बीमा कम्पनीको चुक्ता पुँजी कूल ३८ अर्ब २१ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.