डिशहोमकाे फाइबरनेट सेवा अब धरानमा

  २०७८ साउन ५ गते १२:३६     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नाे सेवा विस्तार गर्ने क्रममा धरानमा पनि इन्टरनेट सेवा सुरु गरेकाे छ ।

आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले फाइबरनेट सेवा सुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभिओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

यसकाे फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन् ।

काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगर र धरानमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

कम्पनीले छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.