एकैदिन ७६ करोड रुपैयाँ बढीको आईपीओ स्वीकृत, सबैभन्दा बढी इन्स्योरेन्सको

  २०७८ साउन ४ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन ७६ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति दिएको छ । बोर्डले गत असार ३१ गते मात्रै विभिन्न तीन कम्पनीलाई सो मात्रा अर्थात ७६ लाख २३ हजार ७५० कित्ता आईपीओ जारी गर्न स्वीकृति दिएको हो ।

बोर्डले सानिमा लाइफ एन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ्ग पावर कम्पनी गरी तीन कम्पनीलाई उक्त स्वीकृत दिएको हो ।

जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सले सबैभन्दा बढीको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले एक सय अंकित दरको ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डको स्वीकृति पाएको छ ।

यससँगै अबको केही दिनमै इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।

त्यसैगरी, मानुषी लघुवित्तले अंकित मूल्य एक सय रुपैयाँ दरको ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति पाएको हो । लघुवित्तले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।

त्यसैगरी, सामलिङ्ग पावर कम्पनीले पनि स्थानिय र सर्वसाधारणलाई गरी कूल १२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डको स्वीकृति पाएको हो । यससँगै कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्रा अर्थात १२ लाख ३० हजार कित्ता सेयर जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.