सानिमा बैंक ललितपुरको भैंसेपाटीमा, मह जोडीले गरे उद्घाटन

  २०७८ साउन ४ गते १८:००     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आज (साउन ४ गते) संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन् समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका हुन् ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्धारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा एटीएम संचालनमा रहेका छन् ।

One comment on "सानिमा बैंक ललितपुरको भैंसेपाटीमा, मह जोडीले गरे उद्घाटन"

  • dinesh PSP says:

    Grow as you go with a moto, “SANIMA around You”

    Kudos for Access

    Congratulations for the Reach

    Jay ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.