टाटा मोटर्सले साउन १२ गते नेपालमा नेक्सन इभी सार्वजनिक गर्ने

  २०७८ साउन ४ गते ११:५४     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग मार्फत् यही साउन १२ गते नेक्सन इभी पाली बजारमा सार्वजनिक गरी विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ ।

कम्पनीले पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई साउन १२ गते देखि नै र अन्यलाई उक्त गाडी क्रमश विक्री वितरण गरिने जनाएकाे छ ।

कम्पनीकाे अनुसार १६६००१५५७७७ नम्बरमा कल गर्ने वा वेबसाइटमा रजिष्टर गर्ने ग्राहकहरुले गाडीको खरिदमा विशेष प्राथमिकता पाउनेछन् ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरी लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्री लामाे समय टिक्नुकाे साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन इभीले छोटो अवधिमानै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४५०० भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले आजको मितिसम्म १८ वटा पुरस्कार जितिसकेको छ ।

टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पूर्ण “ईको सिस्टम” विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका साथै नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिंङ्ग सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्दै आएकाे छ ।

कम्पनीकाे अनुसार नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ । यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा तीन वर्ष वा एक लाख पच्चिस हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.