७४ दिनमै बिक्यो ५ सय ७८ वटा निसान म्याग्नाइट

  २०७८ साउन ३ गते १९:०२     विकासन्युज

काठमाडौं । निसान म्याग्नाइटको ५ सय ७८ वटा गाडी ७४ दिनभित्रै बिक्री भईसकेको छ । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका अनुसार हालसम्म सो मात्राको गाडी बिक्री भइसकेको छ ।

गत फेब्रुअरी २२, २०२१ मा मात्रै नेपालमा सार्वजनिक गरिएको उक्त निसान म्याग्नाइट हालसम्म सो मात्राको बिक्री तथा बुकिङ्ग भएको छ । साथै, यो अवधिसम्ममा एक हजारभन्दा बढी बुकिङ्ग भईसकेको कम्पनीले जनाएको छ ।

छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.