एक्सेल डेभलपमेन्ट बैंकका कामु सीईओ कार्कीले सम्हाले कार्यभार

  २०७८ साउन ३ गते १७:००     विकासन्युज

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखराज कार्कीले साउन १ गतेदेखि कार्यभार सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यभार सम्हालेका हुन् ।

असार ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई बैंकको कामु सीईओ पदमा नियुक्त गरेको हो । बैंकका सीईओ दिनेशकुमार पोखरेलको पदावधी २०७८ असार मसान्तबाट सकिएसँगै कार्कीलाई कामु सीईओमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.