चीनले अनुदानमा थप १६ लाख डोज खोप दिने

  २०७८ साउन १ गते १६:११     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अनुदान स्वरुप उक्त खोप सहयोग गर्ने जनाएकी हुन ।

राजदुतले चीन सरकारले थप खोप सहयोग गर्ने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै उक्त कुरा जनाएको हो ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले थप ४० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये पहिलो लटमा ८ लाख डोज खोप ल्याईसकिएको छ ।

यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।

त्यसैगरी नेपाललाई कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.