बैतडीमा पहिलोपटक शववाहनको व्यवस्था, साढे १२ लाखको लागत

  २०७८ असार ३० गते २०:०५     विकासन्युज

फाइल फोटो

बैतडी । बैतडीमा पहिलोपटक शववाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा जिल्ला अस्पतालले शववाहन खरीद गरेको हो । समन्वय समितिको करिब साढे १२ लाख रुपैयाँको लागतमा शववाहन ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

‘जिल्ला अस्पातलले सञ्चालन गर्ने गरेर शववाहन खरीद गरी सञ्चालनमा ल्याइएको हो, शववाहन भएपछि विभिन्न कारणले मृत्यु भएकाको शव ओसार्न सहज हुनेछ,’ उनले भने । शववाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको थियो ।

जिल्लामा शववाहन नहुँदा परीक्षण गर्न तथा ओसार्न समस्या हुने गरेकामा अब सहज हुने डा जोशीको भनाइ छ । उनले भने, ‘जिल्ला अस्पतालमा मात्र नभएर जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा निजी सवारी साधनमा शव बोक्न नमान्दा समस्या भोग्नु परेकामा अब सहज हुनेछ ।’

जिल्लाका विभिन्न बस्तीमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने गरेकामा अब राहत हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताए ।

‘सवारी साधनले शव बोक्न नमान्ने गरेका थिए, बोक्ने सवारी साधनले पनि चर्को मूल्य लिने गरेका थिए, अब चर्को मूल्य तिर्नुपर्ने बाध्यता हटेको छ ।’ उनले भने एकीकृत शववाहन सञ्चालन निर्देशिकाअनुसार शववाहन सञ्चालन गरिने अस्पतालले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.