ज्योति विकास बैंकले एनएटीटीएका कर्मचारीलाई विशेष छुट दिने

  २०७८ असार ३० गते १४:०५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (एनएटीटीए) बीच सहकार्यको लागि सम्झौता भएको छ । एनएटीटीएको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाट एनएटीटीएका अध्यक्ष अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकले एनएटीटीएमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तीय सेवाहरु प्रदान गर्नेछ । साथै, ज्योति विकास बैंकले एनएटीटीए अन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.