दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दियाे २ वर्षसम्मका बालबालिकालाई प्रोत्साहन भत्ता

  २०७८ असार ३० गते १२:४४     विकासन्युज

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले २ वर्षमुनिका बालबालिकालाई १ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको छ ।

गाउँपालिकाले शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत २ वर्ष मुनिका ४ सय ९१ बालबच्चालाई प्रोत्साहन भत्ता वितरण गरेको हो ।

बच्चा गर्भमा छँदा आमाले ४ पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा गरेको, नियमित स्वास्थ्य जाँच गराएको, जन्मदर्ता गराएको लगायत मापदण्ड पूरा गरेको आधारमा शिशु पोषण प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले भत्ता वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई, सम्बन्धित वडाका स्वास्थ्यचौकी इन्चार्ज लगायतले बालबालिकाका अभिभावकलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् ।

नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलब्ध गराएको प्रमाणका आधारमा गाउँपालिकाले २०७५ १३ वैशाख देखि प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो ।

गाउँपालिकाले शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत रकम वितरण गर्न थालेपछि गर्भवती आमाले नियमित गर्भजाँच गराउन थालेको, जन्मिसकेका बालबच्चालाई पनि नियमित स्वास्थ्यजाँच तथा नियमित खोप लगाउने संख्यामा सुधार आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.