प्रधानमन्त्री देउवासँगै चार जना मन्त्रीले लिए सपथ

  २०७८ असार २९ गते २०:३८     विकासन्युज

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

उनीसँगै अन्य चार जना मन्त्रीले पनि पद तथा गाेपनियताकाे सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, अर्थमन्त्रीमा जर्नादन शर्मा, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.