डिशहोमले सार्वजनिक गर्यो ‘खुशीको कनेक्सन’ अभियानको पूर्ण भिडियो

  २०७८ असार २९ गते २०:२७     विकासन्युज

काठमाडौं । डिसहोमले आफ्नो ‘खुशीको कनेक्सन’अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ ।

डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छाता देखि नव दुलही केही हदसम्म प्रसन्न हुन्छिन् । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ । लोकप्रिय गायक अमित बरालको “म तिम्रै हुँ”, गीतमा लयवद्ध यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोम संगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । नौ वटा स-साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै क्यूएचडी पिक्चर क्वालिटी, पीपीभी, पीभीआर, एक्स भीओडी, डिशहोम गो एप र वेव विशेष सामग्रीहरु र ग्राहक सेवासंग लिंक गरिएका छन् ।

डिशहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ । स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ ।
यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिनेछ ।

यस्तो छ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.