अर्थमन्त्री बन्ने रेसबाट पूर्व ३ मन्त्री आउट गर्दै जनार्दनलाई जिम्मा, गृहमा खाँण, अरु को बने ?

  २०७८ असार २९ गते १८:२६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डल लगभग तयार भएको छ । सानो मन्त्रिमण्डल बनाएर अगाडि बढ्ने तयारी गरिरहेका देउवाको मन्त्रिमण्डल लगभग तयार भएको हो ।

देउवाको नेतृत्व सरकारका अर्थमन्त्री नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उर्जामन्त्री जनार्दन शर्मा हुने बुझिएको छ । यस्तै, गृहमन्त्रीमा काँग्रेसका नेता बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने चर्चा छ ।

खाँण पूर्व रक्षामन्त्री हुन् भने कार्की पूर्व अर्थमन्त्री हुन् ।यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसाललाई ऊर्जामन्त्री बनाइने माओवादी केन्द्रले निर्णय गरेको छ ।

यस अघि अर्थमन्त्री बन्नका लागि पूर्व अर्थमन्त्री कार्की, माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ तथा उर्जा मन्त्री वर्षमान पुन र पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल दौडमा थिए । ती सबैलाई पछि पार्दै पूर्व उर्जा मन्त्री शर्मा अर्थमन्त्री बन्ने भएका हुन् । उनीहरुले सपथ भने लिएका छैनन् ।

जनता समाजवादी पार्टी (जसपा) ले भने केही दिनपछि मात्रै सरकारमा सहभागी हुने बताएकाे छ । जसपा कार्यकारिणी समितिको आज बसेको बैठकले केही दिनपछि मात्रै सरकारमा जाने निर्णय गरेको हो। आफ्नो पार्टी ४्५ दिनपछि मात्रै सरकारमा सहभागी हुने जसपाका पार्टीले बताएकाे छ ।

पार्टीभित्रको सबैखाले सन्तुलन मिलाएरमात्रै सरकारमा जानुपर्ने भएकाले जसपाले केही समयपछि मात्रै सरकारमा जाने निर्णय गरेको बताइएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.