कागेश्वरी मनोहरामा खोप अभियान सुरु, ५५ वर्षमाथिकालाई लगाइँदै

  २०७८ असार २९ गते १३:५६     विकासन्युज

काठमाडौं । वागमती प्रदेशको कागेश्वरी मनोहरा नगरपालिकाले आज ५५ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा खोप लगाएको छ । नगरपालिकाले विभिन्न तीन वटा स्वास्थ्य केन्द्रबाट खोप लगाउन सुरु गरेको हो ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै असार २९ देखि साउन २ गतेसम्म पहिलो चरणको भेरोसिल खोप दिन जानकारी दिएको छ ।
उक्त खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर पुगेका नागरिकले नगरपालिकाको आलापोट स्वास्थ्यचौकी, मुलपानी नगर अस्पताल र गोठाटार स्वास्थ्यचौकी केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज (नागरिकता) लिएर जानु पर्नेछ ।

यस्तै नगरपालिकाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गर्दै पहलो दिन २ बजे देखि ४ बजेसम्म र अन्य दिन १० बजे देखि ४ बजेसम्म खोप लगाईने भएको छ ।

यस्तै, भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.