सिद्धलेक गाउँपालिकाको बजेट ५९ करोड २८ लाख

  २०७८ असार २८ गते १६:५८     विकासन्युज

काठमाडौं । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५९ करोड २८ लाख ६० हजार १ सय ५६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष कमला शर्माले सोमवार गाउँपालिकामा आयोजित बजेट गाउँसभाको नवौं अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उक्त बजेट वहुमत सदस्यले ताली बजाएसँगै पास भएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को वजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाहेक सामाजिक विकास, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदा संरक्षण, कृषिको आधुनिकीकरण, खेलकूदलाई पनि बजेटले प्राथमितामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.