उपप्रमुखको नेतृत्वमा जनप्रतिनिधिले नै लगाए नगरपालिकाको कार्यालयमा ताला

  २०७८ असार २८ गते १५:४०     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । कौलाली जिल्लाको भजनी नगरपालिकामा योजनाको तर्जुमा नगरी बजेट पारित गरेको भन्दै नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाइदिएका छन् ।

नगरपालीकाकी उपप्रमुख छाया देवकोटासहित केही वडाध्यक्षको अगुवाइमा नगरपालिकामा ताला लगाइएको हो ।

योजना बिना जर्वजस्ती बजेट पारित गर्ने काममा प्रमुखले अगुवाई गरेको भन्दै आफूहरुले ताला लगाइदिएको उपप्रमुख देवकोटाले बताईन् ।

नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरेपछि उप–प्रमुख देवकोटा र ३ वटा वडाका वडाध्यक्ष र ९ जना वडासदस्यहरु विरोधमा उत्रिएका हुन । ।

उपप्रमुख देवकोटाको अगुवाइमा वडा नम्बर १, ५ र ३ का अध्यक्ष मिलेर सोमबार बिहान तालाबन्दी गरेका हुन् । उनीहरूले आइतबारको कार्यपालिका बैठक पनि बहिस्कार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.