सर्वोच्चद्वारा संसद विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परामादेश (पूर्णपाठसहित)

  २०७८ असार २८ गते १३:१८     विकासन्युज

काठमाडाैं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै अदालतले बदर गरेको हाे ।

इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताएका हुन् । याे सँगै सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवजालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.