महिला स्वयंसेविकालाई ५० हजारसहित भरतपुर महानगरले गर्याे बिदाइ

  २०७८ असार २८ गते ११:०२     विकासन्युज

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले ६० वर्ष उमेर कटेका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ नगदसहित बिदाइ गरेको छ ।

लामो समय महिला स्वास्थ्य स्वयंसेविका भएर स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र खादाले सम्मान गरी बिदाई गरेको हो ।

महानगरले ३६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान र बिदाइ गरेको छ ।

महानगरकी प्रमुख रेनु दाहालले ३५ वर्ष बढी लगातार सेवामा रहेका आमा तथा दिदीलाई खाली हात पठाउन मनले नमानेपछि महानगरपालिकाले नीति नै बनाएर नगदसहित सम्मान र बिदाइ गरिएको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.