सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा पाेखरेल र श्रेष्ठ निर्वाचित

  २०७८ असार २३ गते १२:४५     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । कम्पनीको सभाले सर्वसाधारण सेयरधनीको समूह ख को तर्फबाट प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको हो ।

इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा आज(असार २३ गते) बुधबार सम्पन्न भएको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

यस्तै सभाले सुजन काफ्ले एण्ड एसाेसिएट्स, चार्टड एकाउन्टेण्टलाई कम्पनीकाे वार्षिक लेखा परिक्षकमा नियुक्त गर्ने संचालक समितिकाे प्रस्ताव पारित गरेकाे छ ।

कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सभाले एनएफआरएस बमोजिमको वित्तीय विवरण सर्वसम्मत रुपमा पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.