सेबोन कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन, ढुंगाना भन्छन्ः मिलेर बजारको विकास गर्नुपर्छ

  २०७८ असार २२ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) कर्मचारी युनियनको  नयाँ कार्यसमिति- चयन भएको छ । युनियनको छैठौं विशेष अधिवेशन मार्फत राजु बहादुर जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले संचालन गरेका थिए ।

उक्त अधिवेशन असार १८ गते नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुरमा सम्पन्न भएको थियो । । अधिवेशनको उद्घघाटन सत्र युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त उद्घघाटन सत्रमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरे । उद्घघाटन सत्रको प्रमुख अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.