जनरल इन्स्योरेन्सको सञ्चालकमा ज्ञवाली र बन्जाडे निर्वाचित

  २०७८ असार २१ गते १६:३३     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्वाचित भएका छन् । असार २१ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सञ्चालकमा दुई जनालाई निर्वाचित गरेको हो ।

सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने गरी चार वर्षको लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।

यससँगै नवनियुक्त दुबै सञ्चालकले आगामी चार वर्ष अर्थात २०८२ असार २१ गतेसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।

साथै, सभाले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.