राष्ट्रिय क्रिकेट टोलीले पाए ५ लाख रुपैयाँ, डेब्युटेन्टस्लाई जनही १ लाख हस्तान्तरण

  २०७८ असार १७ गते २०:५३     विकासन्युज

काठमाडौं । त्रि देशिय क्रिकेट प्रतियोगिताका मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख रुपैयाँ नगद प्रदान गरेको छ । गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको उक्त प्रतियोतिगामा उत्कृष्ट प्रर्दशन गरेका सो टोलीलाई प्रोत्साहन र सम्मानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

त्यस्तै, प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरेको छ । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.