कमोडिटी मार्केट खाेल्न न्यूनतम पुँजी डेढ अर्ब, ऋण लिएर सेयर किन्न बन्देज

  २०७८ असार १५ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी मार्केट सञ्चालन गर्ने निर्देशिका लागू गरेको छ । बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ बमोजिम ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका’ बनाई आज (असार १५ गते)देखि लागू गरेको हो ।

यससँगै उक्त मार्केट सञ्चालन गर्नको संस्थाले अनुमतिको लागि बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । उनीहरुले तोकिएबमोजिम विवरण तथा निवेदन शुल्क २५ लाख रुपैयाँ बुझाउनु पर्ने बोर्डले जनाएको छ ।

उक्त कारोबार गर्ने संस्थाको चुक्ता पुँजी न्युनतम साढे एक अर्ब हुनुपर्ने छ । बोर्डले कारोबार गरिने वस्तुलाई दुई भागमा विभाजनको गरेको छ, जसमध्ये एउटालाई न्युनतम साढे १ अर्ब रुपैयाँ चुक्ता पुँजी र अर्कोको न्युनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने बोर्डले जानकारी गराएको छ ।

त्यस्तै, उक्त मार्केट सञ्चालन गर्ने संस्थाको संस्थापक(व्यक्ति, स्वदेशी र रणनीतिक साझेदार संस्था) ले कम्तीमा ५१ प्रतिशत र बढीमा १०० प्रतिशत सेयर लगानी गर्नु पर्ने छ । र, प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्ने छन् । उनीहरुले लगानी गर्ने रकम बैंक, वित्तीय संस्था लगायतका ऋण सापटी लिएको रकम प्रस्तावित संस्थामा लगानी गर्न नपाउने बोर्डले जनाएको छ ।

नेपालमा कमोडिटी मार्केट सञ्चालन गर्ने कम्पनी स्थापन गर्न बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति दिने प्रकृयालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन आवश्यक भएकोले बोर्डले उक्त निर्देशिका लागू गरेको हो ।

यस्तो छ अन्य व्यवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.