जगदम्बा मोटर्सले नेपालमा प्रोटोन एक्स ७० भर्चुअल रुपमा बुधबार सार्वजनिक गर्दै

  २०७८ असार १४ गते १४:१४     विकासन्युज

काठमाडाैं । जगदम्बा मोटर्सले प्रोटोन एक्स ७० भर्चुअल रुपमा बुधबार सार्वजनिक गर्ने भएकाे छ ।

कम्पनीले यहि आउने असार १६ अर्थात जुन ३० तारिखमा भर्चुअल माध्यमबाट चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल सार्वजनिक गर्ने लागेकाे हाे ।

पहिला नै लञ्च गर्ने तय भइ सकेको यस गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो । त्यसैले विस्तारै परिस्थिति सहज भए सँगै यस गाडीलाई नेपालमा पुन लञ्च गर्न लागिएको कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार भर्चुअल लञ्च कार्यक्रम साँझ ४ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ रहेको द प्राेटाेन लन्च इभेन्टमा क्लिक गरी इन्ट्रेस्टेडमा क्लिक गर्नुपर्ने हुन्छ ।

साथै यस भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीहरुलाई विभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको छ ।

प्रोटोन एक्स १० को बारे कुरा गर्न पर्दा यो अत्याधुनिक फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको एस् यु भि रहेको छ । यसको एक्स्टेरियरमा बाे सेप्डकाे फ्रन्ट बम्पर, फ्लोटिंग रुफ डिजाइन, टाइगर सेप्ड एलइडी हेड ल्याम्प अर्थात् बाघको आँखाको जस्तै आकार भएको एलईडी हेडलैम्प, दिउँसै बल्ने एलईडी लाइट, पानी परेको थाहा पाउने वाइपर्स, पेनोरेमिक सनरूफ तथा किक सेन्सरको साथ पावर टेलिगेट जस्ता अन्य आकर्षक विशेषताहरु रहेकाे छ ।

यसको इन्टेरियरमा नाप्पा छालाबाट बनेको सीट र स्टीयरिंग व्हील रहेको छ जसमा रेडियो नियन्त्रण र ब्लुतुथ फोन नियन्त्रण प्रणाली रहेको छ। त्यस्तै ८ इन्चको ठुलो स्क्रीन, स्मार्ट मोबाइल फोन कनेक्टिविटी प्रणाली, इन्टेलिजेन्ट हावा शुद्धीकरण प्रणाली, ६ यु एस् बि पोर्टहरू तथा भेंटिलेटेड फ्रन्ट सीट रहेकाे छ ।

यसैगरी यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ। यसमा रहेको टर्बोचार्ज डाइरेक्ट इंजेक्शन ईन्जिनले इलेक्ट्रोनिक सिफ्ट लिभरको साथ प्रदान गर्दछ ।

सुरक्षाको दृष्टिकोणले हेर्नुपर्दा यो गाडी एकदमै भरपर्दो रहेको छ। सेफ्टी रेटिङ्ग पाएको यस गाडीमा ६ ओटा एयरब्याग्स रहेका छन्। यसैगरी यस गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ्ग, ब्लाईन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्री डि क्यामेरा, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम जस्ता अत्याधुनिक सुरक्षाका अतरिक्त सुरक्षाका सुविधाहरु रहेका छन् ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले १९८५मा प्रोटोन साँगाको रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो ।

त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हासिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा उपलब्ध रहेका छन् भने यसका लगभग ४.४ करोड प्रयोगकर्ता रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.