उपत्यकामा एक साता थपियो निषेधाज्ञा, सार्वजनिक यातायातदेखि किराना पसल दिनभर सञ्चालन गर्न पाइने

  २०७८ असार १४ गते १२:५६     विकासन्युज

काठमाडौं । काठमाडौैं उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि असार १४ गते साँझसम्म निषेधाज्ञा जारी थियो । आज साँझसम्म रहेको निषेधाज्ञालाई थप एक साता अर्थात असार २१ गतेसम्म लम्बाईएको छ ।

आज बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने खुकुलो बनाईएको छ । निषेधाज्ञा खुकुलो भएसगैँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा २५ सिट क्षमताभन्दा बढीका सवारी साधन सञ्चालन गर्न पाईने भएको छ ।

उक्त सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएकाे छ । यस्तै, सार्वजनिक सवारी साधन जोरविजोर नम्बरका आधारमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै सञ्चालनको अनुमति दिईएको हो ।

डिमार्टमेण्टल स्टोर, सपिङ महल, खेलकुद सामग्री पसल, कपडा जुत्ता, फेन्सी, कस्मेटिक, साटी, आटोमोबाइल, सुन तथा भाडाँ पसल, निर्माणजन्य सामग्री लगायतका पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनको अनुमति दिईएको छ ।

यसअघि खाद्यान्न, डिर्पाटमेन्टल स्टोर तथा पुस्तक पसल बिहान ११ बजेसम्म र अन्य पसलहरु बार अनुसार सञ्चालनको अनुमति दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.