ज्योति लाइफ इन्स्योरेन्समा खुल्यो जागिरको अवसर, असार २५ गतेभित्र आवेदन दिईसक्नु पर्ने

  २०७८ असार ११ गते १७:४२     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

आवेदन दिनको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहेको र २१ वर्ष देखी ४० बर्ष सम्म हुनुपर्ने रहेको । योग्यता पुगेका ईच्छुकव्यक्तिले आबेदन दिन चाहेको पद तथा स्थान प्रष्ट उल्लेख गरि असार २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने इन्स्योरेन्सले जानकारी गराएको छ ।

आवेदकहरुको लागि २०७८ असार २५ गतेसम्म ईमेल ठेगाना  वा मेराे जब मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.