राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः पाठक, संस्थानलाई थप प्रतिस्पर्धी बनाउने प्रतिवद्धता

  २०७८ असार ९ गते १९:०७     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानकाे प्रशासकमा पुनः कविप्रसाद पाठक नियुक्त भएका छ्न् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई थप एक कार्यकालको लागि पुनर्नियुक्ति दिएको हो ।

गत जेठ ६ गते नै पहिलो कार्यकाल सकेर संस्थानबाट बिदा भएका पाठकलाई सरकारले ढिलै भएपनि पुनः नियुक्ति दिएको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले उनलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा पुनर्नियुक्ति दिएको हो । बिचमा बजेटले गर्दा निर्णय गर्न ढिलो भएको हो ।

यसअघि ३ वर्षे कार्यकाल बिताएका पाठकले पुनः थप ३ वर्षसम्म संस्थानको प्रशासकको जिम्मेवारी सम्हाल्ने छन् । उनले आज(असार ९ गते) देखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका छन् । यससँगै उनले आगामी २०८१ सालसम्म बीमा संस्थानमा प्रशासकको पदमा रहेर आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

पुननियुक्ति पाएका पाठकले आफ्नो पुरानो कार्यकाल राम्रैसँग बितेको र अबको कार्यक्राल थप राम्रो हुने बताएका छन् । साथै, बाँकी रहेका कामहरु यथाशिघ्र छिटो सम्पन्न गर्नु नै मूख्य योजना रहेको र त्यसपछि व्यापार व्यवसाय बढाउने तिर लाग्ने प्रशासक पाठकले बताए ।

‘पुरानोको कार्यकाल राम्रै भयो, केही केही काम सक्नलाई बाँकी रहेका थिए, आन्तरिक रुपमा लेखापरिक्षणको काम सकेपनि फाइनल हुन सकेको थिएन, अब त्यहि सक्ने नै मूख्य प्राथमिकतामा रहेको छ, त्यसपछि व्यापार व्यवसाय बढाउने त छँदै छ’, उनले विकासन्युजसँग भने ।

पाठकका अनुसार आर्थिक वर्षको २०६८/६९ सालसम्मको लेखापरिक्षण स्वीकृति भएसकेको छ भने २०६९/७० सालदेखिका लेखापरिक्षणका कामहरु बाँकी रहेका छन् । अब ती कामहरु छिटै सकेर व्यवसाय विस्तारमा जोड दिँदै संस्थानलाई थप प्रतिस्पर्धी बनाएर अगाडि बढ्ने पाठकले प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.