निषेधाज्ञामा पनि रोकिएन सवारी साधनको आयात, डिजेल,पेट्रोल र मोटरसाइल आयात हुने वस्तुको टप ‘थ्री’मा

  २०७८ असार ९ गते १८:३४     विकासन्युज

काठमाडौं । चालु वर्षको ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख मूल्य बराबरको वस्तु आयात भएको छ । जुन गत आवको तुलनामा २५.६७ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ११ खर्ब ८१ करोडको आयात भएको थियो।

यो अवधिमा सबैभन्दा धेरै डिजेल दोस्रोमा पेट्रोल र तेस्रोमा सवारी साधन बढी आयात भएको भन्सार विभागको तथ्यनंकले दोखाएको छ । यस अवधिमा १ हजारदेखि १५ सय सीसीसम्मको सवारी ८७ सय ६१ वटा आयात भैसकेको छ।

यस्तै ११ महिनामा करिब २ लाख वटा ५० देखि २ सय ५० सीसीसम्मको मोटरसाइकल आयात भएको छ । त्यस्तै, ११ महिनासम्मको अवधिमा वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । जुन गत वर्षको तुलनामा यो वर्ष २४.६१ प्रतिशतले बढी व्यापार घाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

यस्तै, ११ महिनाको अवधिमा निर्यात पनि वृद्धि भएको छ । ११ महिनामा कुल निर्यात १ खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ । जुन गत वर्षको तुलनामा ३७.७८ प्रतिशतले बढी हो । गत आवको जेठमसान्तसम्म नेपालले ८८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.