वेष्ट फाईनान्सले हेलम्बुवासीलाई वितरण गर्यो ४८ थान सोलार प्यानल

  २०७८ असार ९ गते १८:१७     विकासन्युज

काठमाडौं । वेष्ट फाईनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।  फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको हाे ।

यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा विजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उदेश्यले ४८ थान सोलार प्यानल हेलम्वु गांउपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ ।

काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाईनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेलम्बुबासीलाई यो सहयोग गरेको र भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.