अपि पावरको हकप्रदमा आवेदन दिने म्याद थपियो

  २०७८ असार ९ गते ११:१२     विकासन्युज

काठमाडौं । अपि पावरले हाल निष्काशन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपेको छ । कम्पनीले गत जेठ २० गतेदेखि खुला गरेको हकप्रद सेयर आवेदनको अन्तिम दिन आज(अर्थात असार ९ गते) सम्मलाई तोकेको थियो ।

कम्पनीले आज एक सूचना जारी गर्दै हकप्रद सेयर आवेदन गर्ने म्याद ४ दिन थप गरेको छ । यससँगै गत बैशाख २८ गतेसम्म कायम सेयरधनीले असार १३ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले साविकका सेयरधनीलाई १ः०.२९३८ को अनुपातमा हकप्रद सेयर जारी हाे । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरिरहेको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.