लाभांश पारित गर्न सगरमाथा इन्स्योरेन्सले डाक्यो एजीएम, आर्थिक सहायताको खर्चलाई अनुमोदन गर्ने

  २०७८ असार ९ गते ९:५२     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आगामी असार ३० गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे काठमाडौंको नक्सालस्थित कम्पनीको प्रधान कार्यालयमा भर्च्युअल माध्यमबाट गर्न लागेको हो ।

सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ लाख रुपैयाँ रहेको छ । ११ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै, कम्पनीबाट सामाजिक संघ संस्थालाई आर्थिक सहायता प्रदान गर्दा निर्धारित सिमा नाघेकोले सो खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ‘ग’ ले निर्धारण गरेको सिमा नाघेकोले सो अन्तर्गत भएको खर्च १६ लाख रुपैयाँलाई अनुमोदन गर्ने कम्पनीले जानकारी गराएउको छ ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी असार १७ गतेदेखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असार १६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.