आज ललितपुरमा जेष्ठ नागरिकलाई कोभिड शिल्डको दोस्रो डोज दिइँदै

  २०७८ असार ९ गते ९:३९     विकासन्युज

काठमाडौं । ललितपुर महानगरले कोभिड शिल्डको पहिलो डोज लगाएको जेष्ठ नागरिकलाई आज कोभिड सिल्डको दोस्रो डोज लगाउँदै छ । महानगरले ७७ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई कोभिड सिल्डको दोस्रो डोज लगाउन लागेको हो ।

महानगरले जेष्ठ नागरिकसँगैं सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाएको छ ।

गनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुङ्मतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्यचौकीमा खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य लिएर आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले हिजो जारी गरेको सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.