स्थगित रहेकाे हुन्डाईकाे याेजना पुनः शुरू, गाडी खरिदमा विशेष छुट पाइने

  २०७८ असार ८ गते १९:२६     विकासन्युज

काठमाडाैं । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले स्थगित गरेकाे याेजना पुनः शुरू गरेकाे छ । ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ नामक उक्त याेजना कम्पनीले पुनः सुचारू गरि असार ३१ गतेसम्म सञ्चालन गर्ने भएकाे छ ।

यसअघि याे योजना २०७७ चैत १९ गतेदेखि २०७८ बैशाख १७ गतेसम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९ ले निषेधाज्ञाका कारण यस योजना स्थगित भएको थियो ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ रूपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रूपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्नेछन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड-१९ को सुरक्षा प्रोटोकल पालना गरी सञ्चालन गरिनेछ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाईल उत्पादक मध्येमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.