चार दिनमा वाणिज्य बैंकहरुको बिजनेसः कर्जा ४ अर्बले बढ्दा निक्षेप शून्य

  २०७८ असार ८ गते १८:४५     विकासन्युज

काठमाडौं । असार महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुले कर्जा लगानी बढाएका छन् भने निक्षेप संकलन स्थिर रहेको छ । पहिलो सातामा चार दिन व्यवसाय सञ्चालन गरेको बैंकहरुले कर्जा लगानी ४ अर्ब रुपैयाँले बढाउन सफल भएका छन् ।

यो अवधिमा बैंकहरुको कर्जा लगानी बढेर ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । उक्त रकम जेठको अन्तिम सातामा ३६ खर्ब ४६ अर्ब रुपैयाँमा थियो ।

त्यस्तै, जेठको अन्तिम सातासम्ममा ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकहरुले असारको पहिलो सातामा स्थिर रहेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैंकहरुले असारको पहिलो सातामा निक्षेप बढाउन असफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.