चीनले बैंकहरुलाई भन्याे: बिटकाेइनकाे काराेबार राेक्नु

  २०७८ असार ८ गते १३:४८     विकासन्युज

काठमाडाैं । चीनले क्रिप्टाे करेन्सी अर्थात डिजिटल मुद्राकाे काेराेबार राेक्नकाे लागि बैंकहरुलाई यससम्बन्धी लेनदेन नगर्न आदेश दिएकाे छ ।

शुक्रबार चीनले सिचुवान प्रान्तमा बिटकाेइन सम्बन्धी कार्यहरु बन्द गर्न पनि भनेकाे थियाे । साेमबार बिटकाेइनकाे मूल्य १० प्रतिशतले घटेकाे थियाे भने म‌गलबार एशियाली ट्रेडिंगमा भने स्थिर रहेकाे थियाे । 

गत अप्रिलमा ६३ हजार डलरमा पुगेपछि यसकाे मूल्य ५० प्रतिशतले घटेकाे थियाे ।

साेमबार चीनकाे प्रमुख बैंक द पिपुल बैंक अफ चाइनले बैंक तथा कम्पनीहरुलाई क्रिप्टाे मुद्राकाे काराेबारलाई कडाई गर्न आदेश दिएकाे थियाे । क्रिप्टाेकरेन्सी लेनदेनकाे लागि ट्रेडिङ क्लियरिङ र सेटलमेन्ट जस्ता सेवाहरु प्रदान नगर्न बैंकले जारी गरेकाे एक विज्ञप्तिमा भनिएकाे थियाे ।

चीनकाे पाेष्टल सर्भिस बैंकले पनि कुनै प्रकारकाे क्रिप्टाेकरेन्सी सम्बन्धी कुनै पनि काराेबार नगर्ने जनाएकाे छ ।

सम्पत्तिकाे आधारमा चीनकाे तेस्राे ठुलाे कर्जा प्रवाहक द उग्रिकल्चरल बैंकले पनि बिटकाेइनसँग सम्बन्धित गैरकानुनी गतिविधिहरुलाई प्राेत्साहन नगर्ने बताएकाे छ ।

चिनियाँ माेबाइल र अनलाइन भुक्तानी प्लेटफर्म अलिपेले अवैध क्रिप्टाेकरेन्सी पत्ता लगाउन अनुगमन प्रणालीकाे स्थापना गर्ने जनाएकाे छ ।

गत महिना चीनकाे मन्त्रीपरिषद, स्टेट काउन्सिलले वित्तिय जाेखिम नियन्त्रण गर्ने अभियानकाे रुपमा क्रप्टाेकरेन्सीकाे लेनदेन तथा माइनिङलाई राेक्ने बताएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.