राधी विद्युत कम्पनीको अध्यक्षमा पति नियुत्त

  २०७८ असार ८ गते ११:४०     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीको अध्यक्षमा बिमेशमान पति नियुक्त भएका छन् । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पतिलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

बैठकले सञ्चालक अनिल कुमार रुङ्गटालाई परिवर्तन गरी सञ्चालक पदमा बिमेशमान पतिलाई नियुक्त गरेको हो । र, सोही बैठकले असार ७ गतेदेखि नै लागू हुने गरी सञ्चालक पतिलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

खारे इन्भेष्टमेन्टबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रुङ्गटालाई सेयरधनी खारे इन्भेष्टमेन्टले पत्र मार्फत फिर्ता बोलाएकाले उनको ठाउँमा पतिलाई नियुक्त गरिएको कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.