उपत्यकाका तीनवटै जिल्ला प्रशासनको सेवा आजबाट पुनः सुचारु

  २०७८ असार ८ गते ९:२२     विकासन्युज

काठमाडौं । गत बैशाख १३ गतेबाट उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर) बन्द रहेको सेवा आजबाट पुनः सुचारु हुने भएको छ ।

अतिआवश्यक बाहेकका सेवा बन्द गरेका तीन वटै प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै आजबाट पुनः सेवा सञ्चालनमा ल्याउन लागेका हुन ।

आजदेखि जिल्ला प्रशासन काठमाडौंले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु गर्ने जनाएको छ । यस्तै, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलरबारदेखि सातामा तीन दिन मात्र नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण आदि लगायतका सेवा सञ्चालन गर्ने जनाएको छ । उत्त, सेवा आइतबार, सोमबार र मंगलबार मात्र दिईने जनाईएको छ ।

जसमा गोदावरी र महालक्ष्मीनगर पालिकामा बसोबास गर्नेहरुलाई बिहीबार र शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट सेवा दिइने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । अन्य गाउँपालिकाहरुलाई भने बुधबार सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयल ललितपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले कार्यालयबाट हुने सम्पूर्ण सेवा आजबाट पुनः सुचारु भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.