एकैदिन नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन

  २०७८ असार ८ गते ९:२८     विकासन्युज

काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (असार ८ गते) नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था दुबैको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता ३७४३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४०८० रुपैयाँमा भएको थियो ।

त्यस्तै, नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । सोमबार प्रतिकित्ता ६२६ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५४९ रुपैयाँ कायम भएको छ ।

यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजन पछिको मूल्यबाट शुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.