आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खुल्ने

  २०७८ असार ८ गते ९:१५     विकासन्युज

काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कमपनीहरु पूर्ण रुपमा खुल्ने भएका छन् ।

आइतबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई खुकुलो गर्दै बैंक तथा वित्तीय संस्था र बीमा कमपनीहरुलाई पूर्ण रुपमा खोल्न दिने निर्णय गरेको थियो ।

यसअघि बैंक तथा वित्तीय संस्थाको सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.